बैशाख २४, २०८१, सोमबार
               

२ सय ७४ मिटरमाथि झुन्डिरहेको केबलकारबाट पाकिस्तानमा २ जना बालकको उद्धार

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट दुई जना बालकको १० घण्टा पश्चात उद्धार भएको पाकिस्तानी प्रहरीले उल्लेख गरेको छ । 

दुवै बालकको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएकोे छ । केबलकारमा रहेका पाँच विद्यार्थी र एक शिक्षकलाई पनि उद्धार गर्ने प्रयास भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ । केबलकारमा छ जना बालबालिकासहित आठ जना फसेका थिए । ती बालबालिका विद्यालय जान केबलकार चढेका हुन् । तर, एउटा तार चुँडिएपछि केबलकार जमिनभन्दा दुई सय ७४ मिटरमाथि झुन्डिरहेको थिाये । 

उद्धारका लागि केबलकार नजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र गतिको हावाका कारण समयमा उद्धार हुन सकेको थिएन । हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धार कार्यमा संलग्न अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । 

उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि