बैशाख २४, २०८१, सोमबार
               

अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी आँधी
८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीमा उल्लेख

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । आँधी उत्तरतर्फ सर्दै जाँदा भने कमजोर हुने अनुमान गरिएको छ । तर,  क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।  

यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँपछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ । मेक्सिकोमा यो बाट धेरै नै क्षति गराइसकेको छ । 

लगातारको ठूलो वर्षाका कारण बाढी र पहिरोले मेक्सिको भने अस्तव्यस्त भएको छ ।  आँधीले प्रभावितहरुको उद्धार तथा पुन—स्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको खबरमा उल्लेख छ ।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण भएको बताउदै आएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दुई करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा रहेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि