बैशाख २४, २०८१, सोमबार
               

सात नवजात शिशुको हत्या आरोपमा नर्स दोषी ठहर

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लागेको छ । 

म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीमा उल्लेख छ ।  सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई प्रहरलिे नियन्त्रणमा लिउको थियो । 

अदालतको सुनुवाइका क्रममा उनका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् । 
 


कस्तो लाग्यो ?

यो पनि