बैशाख २४, २०८१, सोमबार
               

ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

डढेलोको उच्च चपेटामा परेको क्यानडाको पश्चिमी क्षेत्रमा  आपत्कालको घोषणा गरिएको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । 

तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम बढेको छ । प्रान्तीय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताएका छन् । 

 डढेलोले अहिलेसम्म ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ । 

यलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा बाट गुज्रिरहेको छ । विज्ञहरूले तापमान र सुक्खापनलाई मुख्य कारक मानेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि