बैशाख २४, २०८१, सोमबार
               

कर्मचारीको पारिश्रमिक शतप्रतिशत बढाउन सिरियामा राष्ट्रपतिको आदेश

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

कर्मचारीको तलब शतप्रतिशत बढाउन सिरियाका राष्ट्रपति बसर अल असदले निर्देशन दिएका छन् । इन्धनको मूल्य सरकारले उच्च अङ्कले बढाएपछि मासिक पारिश्रमिक पनि बढाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् । 

सिरियाको अर्थतन्त्र सन् २०११ मा युद्ध सुरु भएयता निकै सङ्कटमा छ   । त्यहाँ अहिले सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलरको बीचमा रहेको छ ।

मङ्गलवार मध्यरात सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा एक सय ८० प्रतिशत र पेट्रोलमा झण्डै एक सय ६५ प्रतिशतले वृद्धि गरेको थियो । इन्धनको मूल्यवृद्धिपछि खाद्यान्नको भाउ बढेको चिनियाँ समाचार संस्था सिन्ह्वामा उल्लेख छ । 
 


कस्तो लाग्यो ?

यो पनि