बैशाख २४, २०८१, सोमबार
               

लिबियामा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त सत्ताइस जनाको ज्यान गयो

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भिडन्त हुदा २७ जनाको ज्यान गएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार भिडन्तमा एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको भिडन्त सोमबार राति देखिनै शुरु भएको हो । प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको छ । 

भिडन्तमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन् वा तीमध्ये केही सर्वसाधारण नागरिक पनि थिए भन्नेबारेमा अझै खुल्न सकेको छैन । मृतक एवम् घाइतेको अवस्था पनि केन्द्रले खुलाएको छैन । त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि एएफपीलाई कुनै सूचना दिन अस्वीकार गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि