बैशाख १७, २०८१, सोमबार
               

रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट कम्तीमा १२ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् ।
रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । २५ जनाभन्दा धेरैले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । तर, आधिकारिक पुष्टि हुन नसकेको बीबीसी उल्लेख छ । आगोमा जलेर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो । विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ ।

त्यहाँ झण्डै २ सय ६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ । आगो ६ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । मखाच्कला मस्कोबाट झण्डै १६ सय किलोमिटर टाढा पर्छ ।
 


कस्तो लाग्यो ?

यो पनि