बैशाख २५, २०८१, मंगलबार
               

सरकारी र मिलिसियाबिच इथोपियामा भिडन्त, २६ को मृत्यु

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

सुरक्षा बल र मिलिशिया समूहबीच इथियोपियामा  भिडन्त जारी छ । यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ । विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको ज्यान गइसकेको छ । ५० जना घाइते भएका छन्, घाइतेको उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ ।गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो । इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ । दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि