बैशाख २५, २०८१, मंगलबार
               

बाढीका कारण भारतको हिमाञ्चलमा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो ७ सय ५० भन्दा धेरै सडक बन्द
अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान

नेपाल फ्ल्यास
साउन ३०, २०८०

ADVERTISEMENT

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी बर्षा पछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।

हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । बाढी प्रभावीत क्षेत्रमा खोजी तथा उद्धारको काम भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन निकै प्रभावित भएको छ ।

राज्य सरकारले सबै विद्यालय, र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । भारतको मौसम विज्ञान विभागले हिमाञ्चलमा अझै केही दिन वर्षाको सम्भावना रहेको पनि जानकारी गराएको छ । 

उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा मुसलधारे वर्षाका कारण भवन, सडक तथा पुलहरू भत्किएका छन् । हिमाञ्चल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक समेत बन्द भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि