मंसिर ०७, २०८१, शुक्रबार
               

भारतको सिमलामा पहिरो: नौ जनाको शव भेटियो, कयौ भक्तजन अझै बेपत्ता

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा हराएका छन् । अहिले सम्म नौ जनाको शव भेटिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख गरिएको छ । 

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा सात जनाको ज्यान समेत गएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि