बैशाख २४, २०८१, सोमबार
               

विश्वयुद्द ताकाको २५० केजीको बम भेटियो पोल्याण्डमा

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । 

बम फेला परेपछि सहरका करिब १४,००० सर्वसाधारणलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो । मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो । साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्याँस बन्द गर्न भनिएको थियो । निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएका थिए । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको छ । 

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम बरामद भएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि