बैशाख २५, २०८१, मंगलबार
               

बम विस्फोटको चेतावनीपछि फ्रान्सको चर्चित आइफिल टावरमा  दुई घण्टा सेवा बन्द

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT


मध्य पेरिसमा रहेको एफिल टावरमा बम राखेको खबर बाहिरिएपछि खाली गराइएको छ । टावरको तीन तला  बम रहेकै आशङ्कामा खाली गरिएको हो ।  चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको थियो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो ।

प्रहरी बललाई तैनाथ गरी सेवा अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको छ । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि