बैशाख २५, २०८१, मंगलबार
               

आँधीका कारण नर्वेमा जनजीवन प्रभावित
ह्याम्स नामक आँधीपछि आएको बाढीले जनजीवन अस्तव्यस्त

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

नर्वेमा ह्याम्स आँधीआए पछि आएको बाढीले जनजीवन प्रभावित बनाएको छ । राजधानी ओस्लोबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो । गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना भत्किएका छन् । ग्लोमामा पानीको चाप बढ्दै गएपछि प्रहरीले स्थानीको उद्धार गरेको छ । आँधी सोमवारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।

नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण (सय मिलियन नर्वेजियन क्रोनर ९लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पत्ति नष्ट भएको छ ।  

सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ । आँधीका कारण २ हजार बढी नागरिक विस्थापित भएका छन् । नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ । नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि