इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१—२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्न सफल इजिप्टले २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१÷२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो ।
१२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख मात्रै थियो ।
गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख गरिएको छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए ।
त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।