बैशाख २४, २०८१, सोमबार
               

संवेदनशील सैन्य सूचना चीनलाई  उपलब्ध गराएको आरोपमा अमेरिकी जलसेनाका २ जना पक्राउ
संवेदनशील तस्बिर र भिडिओका लागि पैसा लिएको आरोप

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

संवेदनशील सैन्य सूचना चीनलाई  दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेमा चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक २२ वर्षीय जिन्चाओ वेई र पेटी अफिसर २६ वर्षीय वेन्हेङ जाओ रहेका छन् । वेईमाथि एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको र वेन्हेङमाथि संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोप लागेको छ ।

पक्राउ परेका दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा फरक ब्यक्ति थिए भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन । दुवै जनालाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो । वेई सान डिएगोमा रहेको जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा पक्राउ परेका हुन् ।

वेई अमेरिकी जहाज यूएसए एसेक्समा काम गर्थे र उनीसँग जहाजको बारेमा संवेदनशील जानकारीको पहुँच थियो । सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियामा रहेका बेलामा एक चिनियाँ जासुसले सम्पर्क गरेको र ती जासुसले वेईलाई तस्बिर, भिडिओ, प्राविधिक म्यानुअल र जहाजको ब्लुप्रिन्ट का लागि हजारौँ डलर दिएको उल्लेख छ ।

यो गतिविधिबारे चीनले भने आफूलाई अहिलेसम्म कुनै पनि जानकारी रहेको कुरालाई अस्वीकार गरेको छ । वाशिङ्टनमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र मिडियाले चीनसँग जोडिएको जासुसीबारे बढाइचढाइ गरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि