बैशाख २०, २०८१, बिहीबार
               

आपराधिक समूहलक्षित कारबाहीमा नौ जनाको ज्यान गयो
रियो दि जेनेरियोमा आपराधिक समूह लक्षित कारबाहीलाई तीव्रता

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्रता दिएको छ ।  

रियो दि जेनेरियो सहर वरपर प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । 

हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा पेन्हामा आपराधिक समूहलाई लक्षित गरी प्रहरीले कारबाही तीव्र पारेको छ ।

ब्राजिलमा पछिल्ला दिनमा भइरहेका प्रहरी कारबाहीलाई राजनीतिक समर्थन छ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरीबाट भइरहेको कामको समर्थन गर्नुभएको छ । तर, यस्तो आक्रमणमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।
 


कस्तो लाग्यो ?

यो पनि