बैशाख २५, २०८१, मंगलबार
               

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग दर्ता
चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोप

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ ।

ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेको बीबीसीले उल्लेख गरेको छ । 

मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो बिहीवार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका छन् । 

पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ट्रम्पले भने आफूले केही गलत नगरेको भन्दै आफूमाथि लगाइएको आरोपलाई बकवासको संज्ञा दिएका छन् । 

ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुई वटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो ।

चुनावी मामिलासँग सम्बन्धित अनुसन्धानले हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पको गतिविधि के थियो भन्नेमा केन्द्रित बीबीसीले जनाएको छ ।

२०२१ को जनवरीमा जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए।
 


कस्तो लाग्यो ?

यो पनि