बैशाख २५, २०८१, मंगलबार
               

५ वटा मुद्दामा आङ सान सुकीलाई माफी, कैद सजाय अब २७ बर्षमात्रै

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीमा उल्लेख छ । 

पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।

यस्तै, सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजायसमेत माफी भएको छ ।

म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको विशाल मूर्तिको अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि