बैशाख २४, २०८१, सोमबार
               

मस्जिदमा आगजनी हुँदा भारतमा एक जनाको ज्यान गयो

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ ।

गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ ।

साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले भोलि बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ । सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिरहरू, दुई वटा गुरुद्वारहरू, एक गिर्जाघर र एक मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो ।

आगो लगाइएको मस्जिद त्यही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो । त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न आउँने गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि