बैशाख २५, २०८१, मंगलबार
               

भारतमा पाँच वर्षीय बालिकाको शव फेला: हत्या आरोपमा युवक पक्राउ

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा प्रहरीले नियन्त्रणम लिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको लागि हिरासतमा पठाएको छ । प्रहरीका अनुसार अभियुक्त अशफाक आलक मूल रूपमा बिहारका हुन् र घटनामा उनी एक्लैको संलग्नता रहेको प्रहरीको आश.का रहेको छ । 

रिपोर्टका अनुसार आइतबार बालिकाको शव अन्तिम संस्कारभन्दा अघि स्कुलमा राखियो जहाँ नेता र सामाजिक कार्यकर्तासमेत सयौँ जम्मा भए ।

बालिकाको परिवारले शुक्रवार बालिका हराएको उजुरी दर्ता गरेका थिए, त्यसपछि अभियुक्त अशफाकलाई पक्राउ गरिएको थियो । 

प्रहरीले भनेको छ, ‘यस्ता प्रत्यक्षदर्शी भेटिएका छन् जसले घटनाभन्दा एक घण्टा अघि अभियुक्तलाई बालिकासँग देखेका थिए ।’
 


कस्तो लाग्यो ?

यो पनि