बैशाख २०, २०८१, बिहीबार
               

पटका गोदाममा विस्फोट हुँदा थाइल्यान्डमा नौ जनाको ज्यान गयो
घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गुमाएका छन् । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताउनुभएको छ । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ ।

विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि