बैशाख २०, २०८१, बिहीबार
               

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वारा नाइजरमा भएको सैनिक विद्रोहको निन्दा

नेपाल फ्ल्यास
साउन १३, २०८०

ADVERTISEMENT

संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले नाइजरमा बुधवार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निसर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य देशको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको छ ।

असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रेको सामाजिक आर्थिक अवस्थाप्रति बैठकले चिन्ता व्यक्त गरेको छ । बैठकले संवैधानिक व्यवस्थाको पुनर्स्थापनामा जोड दिँदै अफ्रिकी देशको आर्थिक समुदाय, अफ्रिकी सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा गरिएका प्रयासप्रति समर्थन जनाएको छ ।

नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ । राष्ट्रपति मोहम्मद बाजुमलाई बुधवार बिहानैदेखि सेनाले पक्राउ गरेको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि