बैशाख २०, २०८१, बिहीबार
               

जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक
यौन उत्पीडन गरेको आरोपमा भारतमा प्रोफेसर पक्राउ

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जहाजभित्र यौन उत्पीडन भएको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ ।आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले जनाएका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।

महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि