बैशाख २०, २०८१, बिहीबार
               

सिक्किममा सुत्केरी बिदा नै एक बर्ष

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन –एसएससीएसओएको वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियममा परिवर्तन गरिने बताएका छन्  ।

उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ । बाँकी जानकारी छिट्टै सूचित गरिने पनि उनले जनाएका छन् । 

मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ ।

सिक्किममा भारतको सबैभन्दा कम जनसंख्या ६.३२ लाख रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि