बैशाख २०, २०८१, बिहीबार
               

ग्रीसको जङ्गलमा अनियन्त्रित डढेलो

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

एजेन्सी । ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ ।

हिजो बेलुका ग्रीसको आपतकालीन सञ्चार सेवाले कोर्फुका धेरै क्षेत्रहरू खाली गर्ने आदेश दिएको थियो । सान्ता, मेगौला, पोर्टा, पलिया, पेरिथिया र सिनीज क्षेत्रका मानिसलाई बाहिर जान भनिएको छ । ग्रीसमा गर्मी निक्कै बढेको छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि पुगेको छ ।

गएको मङ्गलवारदेखि नै तीव्र हावासँगै जङ्गलको आगो अनियन्त्रित भएर फैलिरहेको छ । आगोबाट हुन सक्ने क्षति र जोखिमबाट जोगिन मानिसहरुले थातथलो छाडिरहेका बीबीसीले जनाएको छ । आगो निभाउन पाँच वटा हेलिकप्टर र १ सय ७३ जना अग्नि नियन्त्रकसहितको टोली खटिएका छन् ।
 

यो पनि