बैशाख २०, २०८१, बिहीबार
               

स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ को मृत्यु

नेपाल फ्ल्यास
साउन ०८, २०८०

ADVERTISEMENT

एजेन्सी । एक स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी गराएको छ । घटना चीनको उत्तरी–पूर्वी इलाकामा भारी बर्षाका कारण भएको सरकारी संचारमाध्यमले पुष्टी गरेका छन् । सरकारी अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए । प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।

प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भएका थिए । 

यो पनि