बैशाख २०, २०८१, बिहीबार
               

रुसको मिसाइल आक्रमणमा ६० हजार टन अन्न नष्ट भयो : युक्रेन

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो ।

युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले जनाएको छ । रुसले ब्ल्याक सीमा रहेका युक्रेनको बन्दरगाहमा लक्षित आक्रमण गरिरहेको युक्रेनको आरोप छ ।

यसअघि रुसले युक्रेनको खाद्यान्न निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो । रुसले खाद्यान्न निकासी गर्ने सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि विश्वर मूल्यवृद्धि हुने र केही देशमा खाद्य सङ्कट निम्तिन सक्ने चेतावनी दिइएको छ ।

पश्चिमा देशको प्रतिबन्धका कारण सम्झौता नवीकरण नगरेको रुसले बताएको छ । एक वर्षअघि सम्झौता हुँदा संयुक्त राष्ट्र सङ्घले रुसलाई कृषि उत्पादन र मल निर्यातमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, पश्चिमा देशले लगाएको प्रतिबन्धका कारण आफूलाई कठिनाइ भएको रुसको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि