बैशाख २०, २०८१, बिहीबार
               

इराकस्थित स्विडेनको दूतावासमा आगजनी
कुरान जलाएपछि बिरोध

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको स्विडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौँ प्रदर्शनकारीले स्विडेनको दूतावासमा आगजनी गरेका छन् ।घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौँ प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्विडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । बग्दादमा स्विडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।स्विडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दूतावासमा आगजनी गरेका हुन् । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बग्दादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्। 

सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ। 
 

यो पनि