साउन १२, २०८१, शनिबार
               

भारतीय गणतन्त्र दिवस आज

नेपाल फ्ल्यास
माघ १२, २०७९

ADVERTISEMENT

भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदै छ । नयाँ दिल्लीमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइदै छ । काठमाडौंस्थित भारतीय दूतावासले पनि विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । 

दिवसको अवसरमा हुने आज दिल्लीमा हुने परेडका लागि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो । बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो । संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि