बैशाख १३, २०८१, बिहीबार
               

पुटिनले भने- पुल विस्फोटको बदला !

नेपाल फ्ल्यास
असोज २५, २०७९

ADVERTISEMENT

युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहारसहितको बमबारीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। कयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । 

किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ । रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिवार भएको विस्फोटको बदला लिएको बताए । 

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले एक अवहेलना भिडियोमार्फत युक्रेन नडराउने प्रतिक्रिया दिएका छन् । युक्रेन एकताबद्ध रहेको उनको दाबी छ ।

पहिलो पटक किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित युक्रेनका सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भएको छ । 

यो पनि