बैशाख ११, २०८१, मंगलबार
               

जलवायु परिवर्तनको असर र पीडा बढ्दो

नेपाल फ्ल्यास
पुस १३, २०७८

ADVERTISEMENT

बढ्दो जलवायु परिवर्तनले संसारभरका लाखौँ मानिसमा पीडा दिएको एउटा पछिल्लो अध्ययनले देखाएको छ । चेरिटी क्रिश्चियन एड नामक संस्थाले गरेको अध्ययनमा जलवायु परिवर्तनका कारण यो वर्ष विश्वमा भएका १० डरलाग्दा प्राकृतिक घटना र त्यसले पुर्‍याएको अर्बौँ डलर क्षतिबारे उल्लेख गरिएको छ । यस वर्षको अगस्टमा अमेरिकामा आएको आँधी इडा र जुलाईमा युरोपको बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको अध्ययनमा उल्लेख छ । 

केही क्षेत्रमा बाढी र आँधीले मानिसहरूलाई सामूहिक रूपमा विस्थापन गरेको छ । तर, सबै मौसमी विपद् जलवायु परिवर्तनसँग सम्बन्धित छैनन्, तथापि वैज्ञानिकहरूले विपद् र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको बताउँदै आएका छन् । 

प्रसिद्ध अनुसन्धानकर्ता डा. फेइडेरिक ओटोका अनुसार संसारमा भएका तातो हावा मानिसका कारण उत्पन्न जलवायु परिवर्तनको उपज हो । जलवायु परिवर्तनले पनि आँधी र हुरिकेनलाई प्रभाव पारेको उनको भनाई छ । 

अमेरिकामा यसै वर्ष आएको शक्तिशाली आँधीले विभिन्न राज्य र न्युयोर्क लगायतका सहरमा पहिलो पटक आपतकाल घोषणा गरिएको थियो । सो आँधीमा करिब ९५ जनाको मृत्यु भएको थियो भने ६५ अर्ब डलर क्षति भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि