बैशाख १५, २०८१, शनिबार
               

बाइडेनले गरे एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।

यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौँ व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए । बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ । यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणाम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनः निर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि