चैत १५, २०८०, बिहीबार
               

फ्रान्सको राष्ट्रपति कार्यलयमा महिला सैनिकमाथि बलात्कार

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

पेरिस । फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि यौन दुर्व्यबहार भएको बताएकी थिइन् । बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ । 

एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बलात्कार गरेका थिए । कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए ।

जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर  निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो । कार्यक्रममा एक पुरुष सहकर्मीले बलात्कार गरेको ती महिला सैनिकको भनाई छ । घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन् । 

आरोपित व्यक्तिमाथि छानविन भएको छ । तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन् । आफ्नै सहकर्मीले महिला सैनिक बलात्कार गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो । 

पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन् । उनीहरूबीच लामो चिनजान थियो । 

फ्रान्सेली कानून अनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ । फ्रान्समा पछिल्लो समयमा यौन दुर्व्यबहारका घटना बढेका छन् ।

यो पनि