बैशाख २१, २०८१, शुक्रबार
               

इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो ।

यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि नौ जना कर्मचारी इथियोपियाका प्रहरी अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पहल गरिरहेको जनाएका छन् । तर शुक्रबार फेरि अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको भन्दै रिहाइ गर्न माग गरिएको छ ।

यसअघि पनि संयुक्त राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन ।

इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरु पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको थियो । यसै हप्ताको सुरुमा ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एनटोनियो गुटर्रेसले प्रवक्ताले माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि