बैशाख २१, २०८१, शुक्रबार
               

जलवायु सहकार्यलाई बढाउने चीन र अमेरिकाको सहमति

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । चीन र अमेरिकाले आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने आश्चर्यजनक सहमति गरेका छन् । 

विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्नो कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् । 

घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न सहकार्यको दृढ वाचालाई स्मरण गरेको छ । 

स्कटल्यान्डकाे ग्लास्गोमा आयोजित कोप–२६ जलवायु सम्मेलनमा भएको यो सहमतिलाई आश्चर्यजनक मानिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ ग्लास्कोमा सहभागी नभए पछि उहाँको आलोचना भइरहेको थियो। 

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताउनुभएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि