बैशाख १७, २०८१, सोमबार
               

विवाह नगरेको झोंकमा प्रेमीकामाथि चक्कु प्रहार

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए ।

युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते बनेकी युवतीको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । युवतीलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि