बैशाख १७, २०८१, सोमबार
               

बेलायतमा घरपालुवा कुकुरमा पनि कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

लन्डन । बेलायतमा एउटा घरपालुवा कुुकुरमा कोरोना संक्रमण देखिएको छ । बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् ।

जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ ।

घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।

कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।  

महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाईरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ । 


कस्तो लाग्यो ?

यो पनि