बैशाख १७, २०८१, सोमबार
               

नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् विवाह

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छिन् । मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छिन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छिन् ।

‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी छिन् । उनले असरसँग विवाह गरेको चार ओटा तस्विरसमेत पोस्ट गरेकी छिन् ।

पहिलो नामबाहेक मलालाले आफ्ना श्रीमानबारे थप कुनै जानकारी दिएकी छैनन् । इन्टरनेट प्रयोगकर्ताहरुले असर पाकिस्तान क्रिकेट बोर्डको हाई पर्फमेन्स सेन्टरका  महाप्रबन्धक भएको दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन् ।

महिला र बालबालिकाको अधिकारका लागि गरेको योगदानका कारण मलाला पश्चिमेली मुलुकमा प्रख्यात छिन् । उनका गतिविधिलाई लिएर केही पाकिस्तानी विभाजित छन् ।

जुलाईमा मात्र बेलायतको भोग्यु म्यागेजिनलाइ अन्तर्वार्ता दिने क्रममा उनले विवाहबारे आफूले केही नसोचेको बताएकी थिइन् । ‘मानिस किन विवाह गर्छन भन्ने बारेमा मैले अझै बुझेकी छैन् । तपाइको जीवनमा कोही व्यक्ति छ भने तपाईले विवाहसम्बन्धी कागजमा किन हस्ताक्षर गर्ने ? । ’ उनले भनेकी थिइन् । उनको टिप्पणीपछि पाकिस्तानमा सामाजिक सञ्जालका प्रयोकर्ताहरुले चर्को आलोचना गरेका थिए ।

मलालालाई सन् २०१२ मा तालिवान लडाकुहरूले विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भीर घाइते भएकी उनको बेलायतमा लामो समय उपचार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि