बैशाख १७, २०८१, सोमबार
               

विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा छन् : राष्ट्रसंघ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

जेनेभा । राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ । ४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको हो ।

बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सृजना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ । 

खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौं लाख मानिस दुःखी छन् ।

द्वन्द्व, जलवायु परिवर्तन र कोभिड १९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्लूडब्लूपीका निर्देशक डेभिड बिस्लेले भने । 

साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्लूएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ । 

‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने । विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए । 

खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल बिबाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए । पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्लूएफपीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि