बैशाख २७, २०८१, बिहीबार
               

पूर्ण खोप लगाएका विदेशीलाई अमेरिका सीमा खुल्ला

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुल्ला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुल्ला गरेको हो । 

कोरोना भाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । 

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि