बैशाख २३, २०८१, आइतबार
               

विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

एजेन्सी । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

डोमिनिका स्वतन्त्र

सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश  थियो ।

म्यारिनर १० अन्तरिक्षमा

अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा  म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक पुग्ने पहिलो यान हो ।

अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

चीनको ग्रेट वालको अर्को खन्ड फेला

सन् १९९८ मा चीनको ग्रेट वालको केही खन्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

विश्व व्यापार केन्द्र स्थापना

सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला गरेको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर स्थापाना गरिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि