बैशाख २३, २०८१, आइतबार
               

भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । 

अहिले माल्दिभ्सको राजदूत रहेका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई) का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उनी भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् । उनलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो । 

त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनी सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गरेका हुन् ।

उनी अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक छन् ।

मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ । उनी पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गरेको मन्त्रालयले जनाएको छ । 

उनी यसअघि इजरायलका लागि राजदूत थिए भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि