बैशाख २३, २०८१, आइतबार
               

खोप लगाएका पर्यटकलाई इजरायलमा प्रवेश खुल्ला

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

जेरुसेलम । खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुल्ला गरिएको छ । 

कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुल्ला गरिएको हो । 

पर्यटकहरूलाई खुल्ला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ ।

यो पनि