बैशाख २२, २०८१, शनिबार
               

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा पढाइ सुरु

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो । विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।  

आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी विद्यालय प्रवेश गर्नु अघि प्रवेशद्वारमा तापक्रम नाप्नु पर्ने, हातमा सेनिटाइजर लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ ।

माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो । दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि