बैशाख २३, २०८१, आइतबार
               

जापानको रेल स्टेशनमा छुरा प्रहार हुँदा १७ जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

टोकियो । जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । 

राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको टोकियो टाइम्सले जनाएको छ । भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ। चक्कु प्रहार भएलगत्तै गाडीमा आगजनीसमेत भएको बताइएको छ ।

ती व्यक्तले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भएपनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।
 

यो पनि