बैशाख २३, २०८१, आइतबार
               

पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु ९ घाइते

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ९ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

करिब २० यात्रु बोकेको यात्रुवाहक भ्यान प्रान्तको अट्टक जिल्लामा दुर्घटना भएको उक्त क्षेत्रका उद्धार अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । 

तीव्र गतिमा रहेको उक्त भ्यान चालकले एक्कासी ब्रेक लगाउँदा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । उक्त यात्रुवाहक भ्यान रावलपिण्डी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

दुर्घटनापछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका छन् । प्रहरीले जनाए अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । 

यो पनि