बैशाख २३, २०८१, आइतबार
               

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा (आज) आईतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजार भन्दाबढी सहभागी हुँदैछन् । 

ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो सहरमा आयोजना हुने कार्यक्रम थियो । तर, कोभिडको कारण स्थगित भएको थियो ।  २५औँ सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो । 

विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने  विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो । सम्मेलनका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् । 

जलवायु परिवर्तनबारे पेरिस सम्झौता भएको ६ वर्षपछि विभिन्न देशले  जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्नेछन् ।

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न कोप–२१ सम्मेलनमा सहभागी १९६ मुलुकले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए । विश्व तापमान वृद्धिलाई १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने सहभागी राष्ट्रले प्रतिबद्धता जनाएका छन् । 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिकेपछि यसको कार्यान्वयनमा ठूलो समस्या उत्पन्न भएको थियो । वर्तमान  जो वाइडनले सत्ता सम्हालेसँग फेरि सो सम्झौतामा जोडिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि