जेठ ०१, २०८१, मंगलबार
               

विश्वमा आज : दिल्लीमा अतिवादी हमलादेखि रेडक्रसको स्थापना

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

एजेन्सी । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । पस्तुत छ विश्वमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

स्यान्डी हुरीको विनाश

सन् २०१२ मा आएको स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जन धनको क्षति पुगेको थियो । आँधीबाट अमेरिकामा ५० अर्ब डलर क्षति पुगेको थियो ।

दिल्लीमा शृंखलाबद्ध हमला

सन् २००५ मा भारतको राजधानी नयाँ दिल्लीका बिभिन्न सहरमा भएका बिस्फोट भएका थिए । दिपावलीको पूर्वसन्ध्यामा भएका ती हमलामा ६० जनाको मृत्यु भएको थियो ।

अन्तरिक्षमा उड्ने पहिलो बृद्ध

सन् १९९८ मा अमेरिकाका ७७ वर्षीय जोन ग्लेन डिस्कभरी सटलमार्फ अन्तरिक्षमा उडेका थिए । उनी अन्तरिक्षमा उड्ने पहिलो बृद्ध हुन् ।

रेडक्रसको स्थापना

सन् १८६३ मा स्वीट्जरल्यान्डको जेनेभामा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को स्थापना भएको थियो । रेडक्रसले तीन पटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ ।  

डेल्टा एयर लाइन्सको मर्ज

सन् २००८ मा डेल्टा एयर लाइन्सलाई नर्थवेस्ट एयरलाइन्ससँग मर्ज गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि