जेठ ०२, २०८१, बुधबार
               

भारतले उडिसाबाट गर्‍यो अग्नि–५ मिसाइलको सफल परीक्षण

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतले अग्नि–५ मिसाइलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो । अन्तरमहादेशीय ब्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।

जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि