जेठ ०३, २०८१, बिहीबार
               

जापानी राजकुमारी माकोले त्यागिन् आफ्नो विवाहको लागि राजकीय पदवी

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

टोकियो । अन्ततः जापानी राजकुमारी माकोले मंगलबार (आज) आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । 

जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । 

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए  ।

उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । ३० वर्षीय कुमुरोले अमेरिकामा  अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो ।

सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो । जापानको क्योदो समाचार संस्थाका अनुसार यो जोडिले आज नै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । 

यो पनि